स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन, काठमाडौंमा एक जनालाई कोरोना पोजेटिभ भेटिएको पुष्टि
काठमाडौं । कोरोना भाईरसको संक्रमणको त्रास बढिरहेका बेला स्वास्थ्य मन्त्रालयले विशेष पत्रकार सम्मेलन गरिरहेका छ । पत्रकार सम्मेलन मार्फत फ्रान्सबाट फर्केका एक जनालाई कोरोना भाईरस पोजेटिभ भेटिएको पुष्टि गरेको छ । मन्त्रालयले फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।
प्रतिक्रिया