शुक्रबार, वैशाख १२, २०८२

आज मंगलवार गणेश भगवानको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ चैत ११ गते ६:१५

आज ११ चैत्र २०७६ मंगलवार को राशिफल

मेष
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा समेत समस्या आउनेछ, अत: सजक रहनु होला ।

मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

सिंह
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउन सक्छ ।

तुला
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

बृष
आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

बृश्चिक
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

मकर
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीन
आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया