आइसोलेसनमा राखिएका एकको मृत्यु
नेपालखोज
२०७६ चैत ११ गते ११:५४
चितवन । आइसोलेसनमा राखिएका एक जना ३० वर्षका युवकको मृत्यु भएको छ । उनी भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत थिए । अस्पताल स्रोतका अनुसार उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हो।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया