खाना बनाउने ग्यास आधा भरेर बेच्न उद्योगिहरुलाई आयल निगमको निर्देशन
नेपालखोज
२०७६ चैत १३ गते १३:५३
काठमाडौँ । नेपाल आयल निगमले एल.पि. ग्यास सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउने निर्णय गरेको छ । सो निर्णय बमोजिम निगमले ग्यास उद्योगहरुलाई आधा मात्रै भरेर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ । त्यसैले अब बजारमा ७.१ केजीको ग्यास पाइने छ । हाल १४.२ केजीको ग्यास पाइने गरेको थियो ।
कोरोना ( कोभिड १९ ) ले विश्वभर महामरीको रुप लिएका बेला सरकारले देश लक डाउन गरेपछि उपभोक्ताले ग्यास स्टोर गरेर राखेकाले ग्यास अभाव भएको र सो माग पूर्तिकालागि आधा ग्यास बेचेर सबैमा समान गर्ने प्रयास अनुरुप यस्तो निर्देैशन दिइएको निगमका अधिकारीले बताएका छनु ।
सम्बन्धित
प्रतिक्रिया