लकडाउनका कारण घरमा बस्दा दिक्क हुनुहुन्छ ? त्यसो भए यी काम गर्नुस
कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले लकडाउन गरेको आज चौथो दिन हो । चार दिनसम्म घरमा बसिरहँदा तपाई दिक्क हुनु भएको छ भने दिक्क नमान्नुस् ।
यदि तपाई घरमा बसेर दिक्क मान्नु भएको छ भने तपाईमा निराशा छाउन सक्छ । धनभन्दा ठूलो स्वास्थ्य हो । तपाइँको स्वास्थ्य राम्रो भयो भने मात्र तपाइँले समाजमा केही गर्न सक्नु हुन्छ ।
अहिले विश्व नै कोरोना भाईरसको संक्रमणका कारण त्रासमा छ । त्यही त्रासका कारण विश्वभरका देशले आफ्ना नागरिकहरुलाई संक्रमणबाट जोगाउनका लािग लकडाउन गरिरहेको छ । वाँकी देशहरुले पनि लकडाउनको तयारीमा छन् ।
यो अवस्थामा घरभित्रै बसिरहँदा पट्यार लागेको छ । दुःखी, उदास, खिन्न, निराश, नरमाइलो मानिरहनु भएको छ भने अव खुशी हुन थाल्नुस् । अन्यथा तपाईमा मानसिक समस्या आउन सक्छ । जसका कारण तपाइँले गर्दै आईरहेका काममा समेत वाधा पर्न सक्छ । त्यसकारण यी कुरामा ध्यान दिनुस् ।
० ध्यानदिनुपर्ने कुरा
– अत्याधिक महात्वकांक्षी नहुनुस् । धन भन्दा स्वास्थ्य ठूलो हो भन्ने कुरा मनन् गर्नुस् ।
– आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने
– घरभित्रै बस्दा पनि तपाईँले जानेको वा परिवारले जानेको वाद्यवादन बजाउनुस् वा बजाउन लगाउनु ।
– चुप लागेर बसिरहनु भनदा सम्भव छ भने बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्नुस् ।
– आफूलाई मनपर्ने कुनै गीत–भजन वा अन्य रमाइलो कामकाज गर्ने ।
– आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने
– गीत, कविता कथा, निवन्ध जस्ता साहित्य लेखनमा सक्रिय रहनुस् ।
– परिवार भित्रका व्यक्ति मध्ये कसैले चित्र कोर्न सक्नु हुन्छ भने सवै परिवारसँग रहेन चित्र कथा बनाउनु ।
प्रतिक्रिया