सोमबार, फागुन ५, २०८१

काठमाडौंको न्यूप्लाजामा चिकित्सकले चलाएको कार दुर्घटना

नेपालखोज २०७६ चैत १६ गते १४:४१

काठमाडौं । काठमाडौंको न्यूप्लाजाबाट कालिकास्थान तर्फ गएको कार विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको छ ।

Advertisement

दूर्घटनाबाट बा १४ च ९७४८ नम्वरको सवारीको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको भएपनि मानवीय क्षति भने भएको छैन । सवारी चालक महिला आफू मनोचिकित्सक भएको बताए पनि अरु कुरा खोल्न भने चाहिनन् ।

सवारी चालकले दूर्घटना भएको सवारीको फोटो खिच्न अवरोध गरेकी थिइन् । घटनास्थलमा प्रहरीले नेपाल खोजका फोटो पत्रकारले लिएको तस्वीर नष्ट गर्ने प्रयास गरेको थियो । लक डाउनका बेला खूल्ला सडकमा तीव्र गतिमा गाडी कुदाएकै कारण दुर्घटना भएको हुन सक्ने दुर्घटना स्थलमा रहेका प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया