नेपाल आउन पाउने भए दशजगामा अलपत्र परेकाहरु
नेपालखोज
२०७६ चैत १६ गते १६:३२
काठमाडौँ । अब नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरु नेपाल आउन पाउने भएका छन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले यो निर्णय गरेसँगै अब भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपाली स्वदेश आउन पाउने भएका हुन् ।
उनीहरुले नेपाल प्रवेशकालागि अनुमति पाएपनि सिधै घर परिवारसँग बस्न भने पाउने छैनन् । उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया