शनिबार, असोज ५, २०८१

जिम्बावे ‘ए’ सँग ३ विकेटले नेपाल पराजित

नेपालखोज २०७९ वैशाख २३ गते १५:०७

काठमाडौं । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे ।

यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए ।

आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी सुन्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

जितसँगै जिम्बावेले तीन खेलको सिरिज १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

प्रतिक्रिया