भारतमा भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’
नयाँदिल्ली । कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ ।
देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी छ । सरकारले सडकमा निस्किने तथा हिँडडुल गर्नेलाई कारवाही गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन । यस्तैमा एक प्रहरी अधिकृत कोरोना रोकथामका लागि सिर्जनात्मक सन्देश दिने उपाय खोज्दै छन् ।
चेन्नइका प्रहरी नीरिक्षक राजेश बाबुले विशेष किसिमको हेल्मेट प्रयोग गर्दै कोरोना विरुद्ध सन्देश फैलाएका हुन् । हरेक दिन उनी कोरोना भाइरसको चित्र झल्काउने हेल्मेट लगाएर सवारी साधन तथा पैदलयात्रीलाई रोक्न पुग्छन् ।
उनले लगाउने हेल्मेट रातो रंगको छ । जुन हेल्मेट तस्बिरमा देखिने चारैतिर तिखा काँडा भएको कोभिड १९ को जस्तै देखिन्छ । सिएनएनका अनुसार स्थानीय कलाकार बी गोथमले तयार पारेको हेलमेट हो । गोथम चेन्नइमा रहेको आर्ट किंग्डमका संस्थापक पनि हुन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।
प्रतिक्रिया