बिहीबार, माघ २४, २०८१

दमौली अस्पतालमा प्रविधिसहितको आइसेलेशन वार्ड

नेपालखोज २०७६ चैत २१ गते ७:२१

तनहुँ । सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको पाँच शय्या क्षमताको आइसोलेशन कक्ष स्थापना गरिने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले अस्पतालमा आफ्नो पहलमा पाँच शय्याको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको पत्रकार सम्मेलनमा बिहीबार जानकारी दिए ।

Advertisement

सांसद श्रेष्ठले जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रहरी, कारागारलगायत कार्यालयमा मास्क, पिपिई, स्यानिटाइजरलगायत सामग्री हस्तान्तरण गरेका थिए ।

विपन्न परिवारलाई खाद्यान्न
व्यासनगरपालिका– १ नं वडा कार्यालयले वडाका करीब एक सय जनालाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गर्ने भएको छ । वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले वडाभित्र भाडामा बस्ने विपन्न परिवारलाई चैत महिनाको भाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने, विदेशबाट घर फर्किएका व्यक्तिको कडा निगरानी गर्दै क्वारेन्टाइनमा अनिवार्य बस्न लगाउनेलगायत निर्णय पनि गरेको छ ।

एक महिनाको भाडा मिनाहा
व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा रहेका छन् ।

प्रतिक्रिया