आइतबार, वैशाख ३०, २०८१

कास्कीका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान

नेपालखोज २०७६ चैत २१ गते १६:०९

कास्की । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा खटिएर समाचार संकलन गर्ने करीब ६० पत्रकारलाई आवश्यक स्यानिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कोरोना महामारीका बारेमा सही र सूचना दिएर नागरिकलाई सुसूचित गराउने पत्रकार पनि यतिबेला जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाएर समाचार संकलन गर्नुपर्ने बताए।

प्रतिक्रिया