शुक्रबार, चैत ७, २०८१

पछिल्लाे २४ घण्टामा ३ सय ११ जनामा देखियाे काेराेना

नेपालखोज २०७७ साउन १३ गते १६:२९

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप ३ सय ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या  १९ हजार ६३ पुगेकाे छ ।

Advertisement

देशभर ५ हजार ३० जनामा गरिएकाे काेराेना परीक्षणमा ३ सय ११ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

गत २४ घण्टामा १ सय २१ जना काेराेना मुक्त भएका छन् ।  नेपालमा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या १३ हजार ८ सय ७५ पुगेकाे प्रवक्ता डा. गाैतमले बताएका छन् ।

प्रतिक्रिया