मंगलबार, चैत ४, २०८१

सोमबार काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ १ गते १६:४५

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १ सय ६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय ३९, ललितपुरका १५ र भक्तपुरमा १४ गरी उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

Advertisement

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २ हजार १ सय ३५ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ७ सय ६, ललितपुरमा २ सय ८३ र भक्तपुरमा १ सय ४६ संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टा यता देशभर ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ६० जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।

 

प्रतिक्रिया