आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् एजेण्डा !
नेपालखोज
२०७६ चैत २४ गते १३:२६
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केहिबेरमा बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप रणनीति बनाउने विषयमा छलफल हुने छ । बैठकले अहिलेको अवस्था र अब अपनाउनुपर्ने सजगतालगायत विषयमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोरोना संक्रमण फैलन नदिन लकडाउनको अवस्था, रोकथाम र उपचारका लागि भइरहेका तयारी तथा सरकारको आगामी कार्ययोजनामा बैठक केन्द्रित हुने छ । आजको बैठकले नै लकडाउन लम्बाउने निर्णय गर्ने समेत स्रोतले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया