शुक्रबार, वैशाख २८, २०८१

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

नेपालखोज २०७६ चैत २४ गते १३:२९

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।
एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए।

उनका तीन छोरी रहेका छन् । हाल उनका पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

प्रतिक्रिया