आइतबार, माघ २७, २०८१

शबे बरात पर्ब घरमै मनाउन आग्रह

नेपालखोज २०७६ चैत २६ गते १४:२८

चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गरेका छन् । इस्लाम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएको छ । कोरोना भाइरस ९कोभिड— १९० को सङ्क्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनमा यो पर्व मनाउन मस्जिद तथा कब्रिस्तानमा नगई घरमै बसेर इबादत ९उपासना० गरी मनाउन अनुरोध गरिएको अध्यक्ष मियाँले आज जारी ग्रेक्ँे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

उन्ले यो पर्वका अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै कोरोना भाइरस सङ्क्रमणको न्यूनीकरणमा सहयोग पु¥याउन सबैमा आह्वान गरे । त्यस्तै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले यो पर्वको उपलक्ष्यमा शुभकामना दिदैं इस्लाम धर्मावलम्बीलाई घरमा नै पर्ब मनाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया