हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई पिपिइ अभाव
नेपालखोज
२०७६ चैत २७ गते १७:०३
सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड—१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० अभाव रहेका गुनासो गरेका छन् । विशेष गरी हिमाली जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सो गुनासो राखेका हुन् ।
सो सामग्री अभाव विना बिरामीलाई जाँच गर्नुपरेको तिला गाउँपालिका–९ राँसा स्वास्थ्य चौकी जुम्लाका प्रमुख हर्कबहादुर रावतले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा आइपर्ने विसम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मी नै हुन्छन् ।
उनीहरु व्यक्तिगत सुरक्षा सामग्रीसहित हुनुपर्छ तर हामी पिपिइ, एन–९५ मास्कका कुरा छोडौँ, सर्जिकल मास्क नहुँदा गाउँमै कपडाको मास्क सिलाएर लाउन बाध्य छौँ । यस्तो स्थितिमा स्वास्थ्यकर्मीले कस्तो मनस्थितिले काम गर्न सक्छन् ?”
सम्बन्धित
प्रतिक्रिया