कोरोना : प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम
बुटवल । प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ ।
कोषमा बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रु २५ लाख ५० हजार जम्मा गरेको छ । त्यसैगरी भाटभटेनी सुपरमार्केटले पनि रु २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले रु १० १० लाख जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिए ।
त्यसैगरी सिटिजन बैंक रु सात लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बीमा संस्थानले रु पाँच÷पाँच लाख जम्मा गरेका छन् । यसैगरी उक्त कोषमा गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले रु चार। चार लाख जम्मा गरेका छन् ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु तीन लाख ९६ हजार ९७, क्रिमसन कलेजले रु दुई लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिले रु दुई लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले रु दुई लाख २२ हजार २२२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रु दुई लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले रु दुई लाख रकम जम्मा गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिए।
त्यसैगरी व्यक्तिगतरुपमा बुटवल–११ निवासी शेरबहादुर गुरुङबाट रु एक लाख पाँच हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट रु एक लाख, लीलामणि पौडेलबाट रु ५० हजार र कृष्णबहादुर केसीबाट रु ४० हजार ५५५ जम्मा भएको छ ।
प्रतिक्रिया