भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
भक्तपुर । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षणशुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको ¥यापिड किट (¥यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो ।
भक्तपुर अस्पतालमा ¥यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए। यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३०० ¥यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण शुरु गरिएको हो ।
विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तबास बसेका, निर्धारित क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको ¥यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिए । अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उनले जानकारी दिए ।
रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पु¥याएको जानकारी दिए । आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उहाँले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताए ।

प्रतिक्रिया