बुधबार, वैशाख १२, २०८१

आज मंगलवार गणेश भगवानको दर्शन गर्नुहोस सोचेको पुरा हुनेछ । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७७ वैशाख २ गते ६:११

आज ०२ बैशाख २०७७ मंगलवार को राशिफल

मेष
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

सिंह
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला
आज सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ ।

कुम्भ
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

बृष
आज कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

बृश्चिक
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधापनि आउनेछ ।

मीन
इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया