बुधबार, वैशाख १२, २०८१

भारतमा ‘लकडाउन’ वैशाख २१ गतेसम्म लम्बियो

नेपालखोज २०७७ वैशाख २ गते १५:३१

काठमाडौँ । भारत सरकारले कोरोना भाइरस -कोभिड–१९- को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी ९लकडाउन०लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदैछ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भन्नुभयो, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।”

यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए । प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।

सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मङ्गलबारको सम्बोधनमा उनको भनाई थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया