शुक्रबार, वैशाख ७, २०८१

कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो

नेपालखोज २०७७ वैशाख ३ गते ८:४०

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् ।

सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना गर्न अधिकांश नागरिक घरभित्रै भए पनि स्थानीय तहका जनप्रतिनिधि भने सुरक्षित रूपमा सेवा प्रवाहमा खटिँदै आएका छन् । स्वास्थ्यकर्मीपछि स्थलगत रूपमै खटिएर कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने काममा जनप्रतिनिधि सक्रिय छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार अहिले ७५३ स्थानीय तहमा ३६ हजार ७२२ जनप्रतिनिधि छन् । देशभरका स्थानीय तहको तल्लो निकाय वडामा समेत जनप्रतिनिधि सक्रिय छन् ।

टोलटोलमा सम्पर्क व्यक्ति तोकी नागरिकको दैनिक स्वास्थ्य अवस्थाको जानकारी लिने, टोलमा कुनै व्यक्तिलाई रुघा, खोकी, ज्वरो जस्ता कोरोना भाइरसका लक्षण देखा परे तत्काल ती व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्यमा धेरै समस्या आए उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने काम गरिरहेका छन् । यो समाचार आजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया