शुक्रबार, वैशाख ७, २०८१

प्रभु वैकका सिइओले ल्याए कोरोना विरुद्धको म्यूजिक भिडियो

नेपालखोज २०७७ वैशाख ३ गते ९:०९

काठमाडौं, २ बैशाख । लकडाउनका कारण हरेक व्यवसायमा संलग्न व्यक्तिहरुले आआफ्नै ढंगले काम गरिरहेको भएता पनि प्रभु वैकका सिइओ अशोक शेरचन भने साहित्य सिर्जनामा लागेका छन् ।

शेरचनले कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणका कारण विश्वनै आक्रान्त बनिरहेको समयमा विभिन्न आशाका गीतहरु सार्वजनिक भइरहेका छन् ।

प्रभु वैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको शव्दमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीले स्वरबद्ध गरेका कोरोना संक्रमण सचेतनामूलक गीत ‘सुनौलो विहानी फर्किनेछ’ को सार्वजनिक गरिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा कोरोना भाइरसविरुद्ध मानव जातीको जित हुने र जितपछिको भविष्यलाई प्रस्तुत गरिएको छ । ‘सुनौलो विहानी फर्किनेछ’ गीतको संगीत भर्ने काम भने एलिश कार्की र प्रमोद निर्वानको र शैलेन्द्र एम प्रधानले एरेञ्ज गरेका हुन् ।

प्रतिक्रिया