ग्रिल तथा स्टील व्यवसायी महासंघद्धारा प्रहरीलाई मेनक्याच स्टिक निशुल्क वितरण
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण १ लाख भन्दा बढीले ज्यान गुमाईसकेका छन् । नेपालमा पनि १६ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा सरकारले भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि गत तीन हप्तादेखि लकडाउन गरेको छ । तर लकडाउनको पूर्ण पालन नगरी घरबाट बाहिर निस्कने मानिसको संख्या पनि बढ्दै गईरहेको छ ।
एक मानिसबाट अर्को मानिसमा सर्ने कोरोना भाईरसका कारण जनताको सुरक्षाका लागि खटिएका प्रहरीलाई समेत संक्रमण हुन सक्ने जोखिम बढ्न थालेको छ।
जति धेरै मानिसहरु सडकमा निस्कन्छन् त्यत्ति नै प्रहरीलाई चुनौति थपिएको अवस्थामा प्रहरीको सुरक्षाका लागि ग्रिल तथा स्टिल व्यवसायी महासंघले महानगरीय प्रहरी कमलपोखरीलाई म्यानक्याच स्टिक निःशुल्क उपलब्ध गराएको छ ।
बुधबार महासंघका अध्यक्ष मोहन कटवालले कमलपोखरी बृत्तका डिएसपी भरतबहादुर विकलाई सो म्याक्याच स्टिक हस्तान्तरण गरेका हुन् । सो म्यानक्याच स्टिकका सहायताले प्रहरी लकडाउन उल्लंघन गरी जथाभावी हिडडुल गर्नेलाई प्रहरीले सहज रुपमा नियन्त्रण लिन मद्दत पुग्ने छ ।
महामारी रोगको संक्रमणको यो विषम परिस्थ्तििमा प्रहरीलाई व्यक्ति नियन्त्रण गर्न सहज होस् र संक्रमण नहोस् भन्का लागि सो सहयोग गरेको महासंघका अध्यक्ष मोहन कटवाले बताए । महासंघले उपलब्ध गराएको सो स्टिकका कारण सामाजिक दुरी कायम गरी व्यक्तिलाई नियन्त्रण लिन सहज हुने डिएसपी भरतबहादुर विकले बताए ।
प्रतिक्रिया