कोभिड १९ – स्वाबको रिपोर्ट नेगेटिभ

नेपालखोज २०७७ वैशाख ४ गते १४:०१

पाँचथर । पाँचथरमा शीघ्र निदानात्मक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । आरडिटी गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग केही लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणबाट नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको पनि आरडिटी नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया