विकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च

नेपालखोज २०७७ वैशाख ५ गते १०:३६

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए ।

यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि, २०७७ अनुसार ३५० शय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत भएको छ । यसका साथै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत भएको छ । बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिस हुनुपर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया