बिहीबार, चैत १५, २०८०

कुनैपनि कारण लकडाउनभर इन्टरनेट सेवाबाट बन्चित नगर : प्राधिकरण

नेपालखोज २०७७ वैशाख ५ गते १४:५६

काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले कुनैपनि ग्राहकलाई इन्टरनेट सेवाबाट बन्चित नगर्न निर्देशन दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको समय अवधिभर सेवा शुल्क तिर्न नसकेका ग्राहकलाई पनि सेवा प्रदान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

कोरोना भाइरसले विषम परिस्थिति निम्त्याएकाले अहिले सेवा शुल्क तिर्न असमर्थ भएका ग्राहकलाई सेवा दिनु पर्ने भनाई प्राधिकरणको     छ ।   ‘प्राधिकरणको अनुमतिबाट सञ्चालित सम्पुर्ण इन्टरनेट प्रदायकले शुल्क तिर्न ठिलाई गरे वाफतको जरिवाना (विलम्ब शुल्क) समेत नलिनु ।’ विज्ञप्तिमा भनिएको छ ।

इन्टरनेट सेवा वाफतको शुल्क बुझाउन नसकेकाले सेवा नै नदिएको सर्वसाधारणबाट गुनासो आए पश्चात प्राधिकरणले बन्दाबन्दिको समयलाई मध्यनजर गरी सेवा निरन्तरताको निर्देशन गरेको हो ।

प्रतिक्रिया