बिहीबार, चैत १५, २०८०

हावाहुरी तथा असिनाले दुई करोडको क्षति

नेपालखोज २०७७ वैशाख ८ गते १३:०८

हेटौँडा । विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड म्ूल्य बराबरको क्षति पु¥याएको छ ।

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पु¥याएको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

प्रतिक्रिया