राहत घरमै
नेपालखोज
२०७७ वैशाख ८ गते १५:४२
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आजदेखि दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । पहिलो चरणमा १५ हजार घरधुरीलाई राहत वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा छुटेका र अति विपन्न एवं बेखर्ची विद्यार्थी, मजदुरलाई प्राथमिकतामा राखेको छ । लकडाउनबाट अति प्रभावित परिवारलाई छाक टार्न समस्या भएमा आपत्कालीन केन्द्रको हटलाइन नम्बर १०१ मा फोन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले यस पटक सम्बन्धित व्यक्ति एवं परिवारको घरदैलोमै पुगेर राहत वितरण गर्न लागिएको बताउनुभयो । राहत वितरणअघि नगरपालिकाको टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र सिफारिस गर्नेछ । कार्यवाहक नगर प्रमुख ढकालले बालमन्दिर आधारभूत विद्यालयमा पूर्व सावधानी गृह सञ्चालन गरेको जानकारी दिए । उक्त गृहमा हाल सातजनालाई राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया