कोरोना : नेपालमा थप एक जना कोरोना संक्रमित

नेपालखोज २०७७ वैशाख ९ गते १७:३७

काठमाडौँ । नेपालमा आज फेरि एक कोरोना (कोभिड १९) संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी उदयपुरका ३३ वर्षका पुरुष हुन् । उनमा संक्रमण पुष्टि भैसकेको छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया