बिहीबार, चैत १५, २०८०

राजपा र समाजवादी आफ्नैसँग सशंकित

नेपालखोज २०७७ वैशाख १० गते ८:०५

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् ।

यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले उक्त दुई अध्यादेशको कडा निन्दा र भत्सर्ना गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया