मंगलबार, असार १७, २०८२

मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

नेपालखोज २०७७ वैशाख १० गते १०:४१

काठमाडौं । काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस आज बिहान दुर्घटनामा परेको छ । काठमाडौंबाट जखे जाँदै गरेको बस रामेछापको कुनौरीमा दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार चालकसहित जम्मा ३९ व्यक्ति सवार उक्त बस आज बिहान करिब ४ बजे बस दुर्घटनामा परेकोे हो ।

दुर्घटनामा एकजनाको हात फ्याक्चर भएको छ । र उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य दई जनाको टाउको ठोकिएका कारण २४ घण्टाका लागि चिकित्सकिय निगरानीमा राखिएको प्रहरीले बताएको छ । यसैगरी अन्य बसमा सवार यात्रुलाई सामान्य उपचारपछि घर पठाइएकोछ ।

ब्रेक फेल भएपछि बस सडकछेउको नालामा खस्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया