शुक्रबार, जेठ ४, २०८१

फ्लूले हृदयघातको जोखिम छ गुणाले बढाउँछ : अध्ययन

नेपालखोज २०७९ चैत २२ गते ६:५५

काठमाडाैं । संक्रामक चिसो वा फ्लू भएका व्यक्तिहरूलाई एकसाता पछि हृदयघातको जोखिम छ गुणा बढी हुन सक्छ भन्नेकुरा एउटा नयाँ अध्ययनले देखाएको छ । यो अध्ययन नेदरल्याण्ड्सको युनिभर्सिटी मेडिकल सेन्टर उट्रेचका अनुसन्धानकर्ताहरूले गरेका थिए । अध्ययनले फ्लु खोप कार्यक्रमको महत्वलाई उजागर गर्दै यसका बिरामी र उपचार गर्ने डाक्टरहरूले लक्षणहरूका बारेमा सचेत हुनु अत्यन्तै महत्त्वपूर्ण रहेको बताएको छ ।

हाम्रा नतिजाहरूले खोपसहित फ्लू वा इन्फ्लुएन्जा संक्रमणलाई रोक्न रणनीतिहरूलाई समर्थन गर्दछ, विश्वविद्यालयका अध्ययनका प्रमुख लेखक डा. एनेमारिजेन डे बोएरले भनेका छन् । उनीहरूले हृदयघातका लक्षणहरूका लागि चिकित्सकहरू र अस्पतालमा भर्ना फ्लू बिरामीहरूमा सचेतना बढाउन सुझाव दिन्छन् । डा. डी बोएरले भने, हाम्रो अध्ययनको नतिजाबाट कम गम्भीर फ्लू भएका व्यक्तिहरू पनि जोखिममा छन् कि छैनन् भन्ने कुरा स्पष्ट नभए पनि यसबारे सचेत हुन जरुरी छ ।

इन्फ्लुएन्जा भाइरसले शरीरको प्रतिरक्षा प्रतिक्रियाको एक भागको रूपमा सून्निने समस्या उत्पन्न गर्नुका साथै रगत जम्ने वा क्लोटिंग बढाउने काममा समेत सहयोग पुर्याउँछ । धमनीमा जम्मा भएको बोसो वा फ्याटी प्लाक्सले धमनीहरूलाई कमजोर बनाउन सक्छ, जसले हृदयघात निम्तिन सक्छ र जम्मा भएको बोसोले मुटुमा रक्त आपूर्ति अवरुद्ध गर्न सक्छ । यो अध्ययनका लागि २००८ र २०१९ बीचको इन्फ्लुएन्जाका २६,२२१ वटा केसको प्रयोगशाला परीक्षण परिणामहरूको विश्लेषण गर्नुका साथै तिनीहरूलाई बिरामीहरूको मृत्यु र अस्पतालको रेकर्डसँग तुलना गरिएको थियो । करिब ४ सय १ जना बिरामीलाई फ्लू अघि वा पछि हृदयघात भएको थियो, तीमध्ये केहीलाई एकभन्दा बढी पटक हृदयघात भएको विश्लेषणले पत्ता लगायो ।

यसक्रममा अनुसन्धानकर्ताहरूले कुल ४ सय १९ वटा हृदयघातको समीक्षा गरेका थिए । अध्ययनले फ्लू स्क्रिनिङपछि पहिलो सात दिनमा २५, स्क्रिनिङ अघिको वर्षमा २ सय १७ र फ्लू स्क्रीनिङपछिको वर्षमा १ सय ७७ जनामा हृदयघात भएको उल्लेख गरेको छ। हृदयघातका बिरामीहरूमध्ये लगभग ३५ प्रतिशत फ्लू परीक्षण गरेको एक वर्षभित्रै मरेका छन्, कारण जेसुकै भए पनि। अमेरिकन हार्ट एसोसिएशनको जर्नलमा प्रकाशित एक पुरानो अध्ययन अनुसार फ्लू भाइरसले प्लेक भत्काउन भूमिका खेल्छ, जसले हृदयघात निम्त्याउँछ । चिकित्सक तथा अस्पताल भर्ना भएका फ्लूका बिरामीहरूमा हृदयाघातका लक्षणहरूका बारेमा सचेतना अभिवृद्धि गर्नु, खोपलगायत फ्लूको सङ्क्रमण रोक्न विभिन्न रणनीति कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ – अध्ययनले भनेको छ ।

प्रतिक्रिया