२०७७ जेठ १९ , सोमवार English

प्रज्ञा–प्रतिष्ठानले ग¥यो कविताको माग !

२०७७ बैशाख १० , बुधवार प्रकाशित



praga partisthan




काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए । उनले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाए ।

महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले जानकारी दिए । महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Join the Conversation

  1. bikash pandey says:

    ‘मलाई घोचिरहने मेरो हिजो’

    आँखामा आइ रहने तिम्रो तस्बिर
    तिमी को हौ?
    कहाँ बाट आयौ, किन आयौ?
    कहाँ गयौ , किन गयौ !
    जान्ने प्रयासमा
    मैले मेरो हिजो बिर्सने आशामा
    आफूलाई नै बिर्सन थालेछु,
    आफू नाङ्गिन थालेछु
    हिजो बिर्सनलाई मैले मेरो भोलि,
    मेरो भबिस्य
    मेरा सपनाहरु, मेरा चाहानाहरु
    मारेको पत्तो पाएनछु !
    बा आमाका पसिना पिउदै
    नसामा मात्तियर जिउदै
    कसैको बुढेसकालको साहारा!

    आखिर के हो त जिन्दगी,
    रित्तिदै गएको बोत्तल संगै
    बल्दै गरेको चुरोट बाट
    उड्दै गरेको धुवा जसरी
    सकिदै गयको अस्तित्व
    सुस्ता जस्तो, कालापानी जस्तो
    लिम्पियाधुरा, लिपुलेक जस्तो
    घर छेउको छिमेकी जस्तो
    आफ्नै हो तर आफ्नो जस्तो छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer