शुक्रबार, वैशाख ७, २०८१

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

नेपालखोज २०७७ वैशाख १२ गते ८:५६

तनहुँ । व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो ।

सामान ल्याउन प्रयोग गरिएको ग१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । कोभिड–१९ लाई ध्यानमा राखी नगरपालिकाले केही दिनअघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ ।

भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

प्रतिक्रिया