शुक्रबार, वैशाख १४, २०८१

वडामा निगरानी केन्द्र

नेपालखोज २०७७ वैशाख १२ गते १७:२९

जुम्ला । पातारासी गाउँपालिका जुम्लाले पोखरा, काठमाडौँ, बुटवल, नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर ल्याउन थालेपछि हरेक वडामा निगरानी केन्द्र निर्माण गरेका छन् ।

लकडाउनका कारण नेपालका विभिन्न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय भएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । अलपत्र परेका नागरिकलाई काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ल्याउनका लागि सूचना प्रकाशित भइसकेको छ ।

अलपत्र परेका नागरिकले गाउँपालिकाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरिएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका सदस्य सचिव रतन बुढथापाले बताए । गाउँपालिकाले आफ्नो खर्चमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न लागेको बताउँदै उनले पातारासी गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट प्रत्येक वडामा निगरानी केन्द्र निर्माण गरिएको बताए ।

प्रतिक्रिया