बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारीका समय कृषि विकास बैंकले ऋणिलाई सहयोग गर्ने

नेपालखोज २०७७ वैशाख १२ गते १८:११

काठमाडौँ । कोरोना भाइरसले उत्पन्न गराएको समस्यालाई मध्यनजर गर्दै कृषि विकास बैंकले कर्जामा तीन प्रतिशत सहुलियत दिने भएको छ । असहज परिस्थितिमा ऋणीहरूलाई समस्या परेको भन्दै कर्जामा तीन प्रतिशत सहुलियत दिने बैंकले जनाएको छ ।

लकडाउनका बेला ऋणीहरू समस्यामा परेकाले ३ प्रतिशत घटाएर ९ प्रतिशतमा ब्याजदर झारेको बताइएको छ । यस पहिले बैंकले कर्जा लगानी ११ प्रतिशत बनाएको थियो ।

प्रतिक्रिया