शनिबार, वैशाख ८, २०८१

बाणिज्य बैकका लगानीकर्ताहरुले दुई वर्ष त्याग गर्नु पर्दछ

नेपालखोज २०७७ वैशाख १४ गते १४:२३

काठमाडौं । पछिल्लो समय लकडाउनका कारण नेपालका बाणिज्य बैकहरु संकटमा पर्ने हो कि भन्ने आशंका पैदा भईरहेका बेला नेपाल राष्ट्र बैकका पूर्व प्रवक्ता समेत रहनु भएका कृषि विकास बैकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बाणिज्य बैकहरुले त्याग गर्नु पर्ने बेला आएको बताएका छन् ।

कुनै बेला निकै नै संकटमा परेको नेपाल वैक लिमिटेडको त्यसबेलाको परिस्थितिबारे स्मरण गर्दै उनले वैकका लगानी कर्ताहरुले समय अनुसार त्याग गर्नु पर्ने बताए । अहिले कोरोना संक्रमण तथा लकडाउनका कारण नेपालका बाणिज्य वैकरुरुले पनि त्याग गर्नु पर्ने बेला आएको उनले बताएका हुन् ।

त्यसबेला नेपाल बैकका लगानी कर्ताहरुले २०६४ देखि २०७५ सम्म केही पनि लिएनन् र पाएनन् पनि । यो अवस्थामा कम्तिमा दुई वर्ष नेपालका बाणिज्य वैकहरुका लगानीकर्ता र प्रमुख कार्यकारी अधिकृतहरुले पनि त्याग गर्नु पर्ने उनको धारणा थियो । यसै सन्दर्भमा निरौलासँग नेपालखोजले गरेको कुराकानीको अंश :

० अव नेपालका बाणिज्य वैकहरु कसरी अगाडि बढ्नु पर्ला ?

बाणिज्य बैकहरुले सहज सञ्चालनको एउटै मात्र विकल्प भनेको आधारभूत रुपले सञ्चालन खर्च घटाउने किसिमले जानु पर्दछ । त्यसका लागि अप्ठेरोमा परेका तीनचार वटा क्षेत्र छन् जस्तै कृषि, यातायात, पर्यटन र रियलस्टेटको लगानी ३२ सय अर्वमा बैकहरुको एक तिहाई लगानी देखिन्छ । यसलाई उद्दार गर्ने समय दुई वर्ष केन्द्रीय बैकले उपलब्ध गराउनु पर्दछ । अप्ठेरोमा परेका विशेष गरी बढी प्रभावित भएका क्षेत्रलाई जोगाउनका लागि दुई वर्षका लागि सहयोग रिस्ट्रक्चर मार्फत गर्नु पर्दछ । व्याज तिर्न नसकेकाहरुलाई तीन चार वर्षमा किस्तामा तिर्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।

० त्यसका लागि कत्तिको सहज छ त ?

त्यो नेपाल राष्ट्र वैकले प्रभावित क्षेत्र पहिचान गरी दुई वर्षका लागि दिनु पर्दछ । लगानीकर्ताहरु र प्रमुख कार्यकारी अधिकृतहरुले पनि दुई वर्ष केके कुरामा त्याग गर्ने हो प्रष्ट रुपमा राष्ट्र बैकले भन्नु पर्दछ । स्पष्ट बुझ्ने भाषामा राष्ट्र बैकले बुँदागत रुपमा गराउन सक्छ । र सञ्चालन खर्च अनिवार्य नै घटाउनु पर्दछ । यदी सञ्चालन खर्च घटाउन सक्ने अवस्था आएन भने बाणिज्य वैकहरुलाई फोर्स मर्जरमा लैजानु पर्दछ ।

० लकडाउनका कारण बैकहरु लगानी ध्वस्तै हुन लागेको भन्ने हल्ला छ नि हो ?

लगानीमा कुनै खालको समस्या छैन । अहिले बैकिङ्ग क्षेत्रमा सोचाईमा मात्र ध्वस्त भएको हो । नेपाल राष्ट्र बैकले यसलाई व्यवस्थापन गर्ने क्षमता पनि राख्दछ । किन भने दुई वटा ध्यस्त भएर डुविसकेका वैकलाई पनि राम्रैसँग सञ्चालन गरेर देखाईसकेको छ । नेपाल राष्ट्र वैकले जस्तो सुकै अवस्थामा पनि बैकहरुलाई जोगाउन सफल भएको छ विगतले नै पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैकले लिक्विडेसनमा पठाउनका खोजेका बैकहरु पनि निकै नै राम्रो बनाउने काम राष्ट्र वैकले गरेको अवस्थामा अहिलेका बाणिज्य बैकहरु ध्वस्त हुने भन्ने छैन ।

0 त्यसो भए बाणिज्य बैकहरु फोर्स मर्जरमा लैजानै पर्ने अवस्था आएको हो त ?

जसले सञ्चालन खर्च घटाउन सक्दैन । राष्ट्र बैको नीति बमोजिम सुविधा दिएर कर्जा रिसोईलिङ्ग गर्न सक्दैन त्यस्ता बैकहरुलाई फोर्स मर्जरमा लैजानै पर्दछ नमान्ने सिइओ र सञ्चालकहरु विरुद्ध कठोर भन्दा कठोर निर्णय लिनु पर्दछ ।

 

प्रतिक्रिया