बिहीबार, वैशाख १३, २०८१

नयाँ वेबपेज सार्वजनिक गर्दै राष्ट्र बैकले मनायो ६५ औ बार्षिकोत्सव

नेपालखोज २०७७ वैशाख १४ गते १४:४२

काठमाडौं । नेपालको केन्द्रीय बैकका रुपमा रहेको नेपाल राष्ट्र बैकले आफ्नो ६५ औं बार्षिकोत्सव विगतका वर्षहरु भन्दा फरक ढंगले मनाएको छ ।

विगतमा भव्य रुपमा औपचारिक कार्यक्रम मार्फत बार्षिकोत्सव मनाउँदै आईरहेको राष्ट्र बैकले कोरोना संक्रमणका कारण मुलुकभर लकडाउन भएका कारण ६५ औ बार्षिकोत्सव आफ्नो नयाँ वेबपेज सार्वजनिक गरि मनाएको छ ।

नेपाल राष्ट्र बैकका प्रवक्ता डा गुणकर भट्टका अनुसार मुलुक संक्रमणकालिन अवस्थामा भएका कारण औपचारिक कार्यक्रम गर्न नसके पनि राष्ट्र बैकले तयार गरेको आफ्नो नयाँ वेव पेज सार्वजनिक गरेर बार्षिकोत्सव मनाएको जानकारी दिए ।

प्रतिक्रिया