कोरोना : आरोप कम गर्ने रणनीतिमा यसरी संवाद गर्दैछ चीन

नेपालखोज २०७७ वैशाख १९ गते १४:०७

काठमाडौँ । अमेरिका र युरोपेली देशहरुले कोरोना महामारी फैलाएको आरोप लगाउँदै चीनको आलोचना गर्न थालेपछि चीनले विभिन्न देशसँग संवाद तीव्र पारेको छ ।

बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओसहतिका प्रतिनिधिमण्डल र नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल सहितका प्रतिनिधिमण्डलबीच तीन घण्टा भिडियो कन्फरेन्स भएको थियो ।

दुई देशका नेताहरुबीच कोरोना महामारी र यसमाथिको राजनीतिकरणबारे छलफल भएको थियो ।

पश्चिमा मुलुकहरुले महामारीका लागि चीनमाथि दोषारोपण गरेको भन्दै चिनियाँ नेताले यसविरुद्ध विश्वव्यापी मत निर्माणको प्रयास थालेका छन्।

प्रतिक्रिया