केही खुकुलो गर्दै दुई हप्तालाई थप्यो भारतले लकडाउन, नेपालमा पनि खुकुलो गर्ने ?
काठमाडौं । लामो समयदेखि लकडाउनमा रहेको छिमेकी देश भारतले लकडाउनको नियमलाई केही खुकुलो गर्दै दुई हप्ताका लागि लकडाउनको समय थप गरेको छ । भारत सरकारले रेड, ग्रीन र अरेन्ज क्षेत्र घोषणा गरी नयाँ मापदण्ड तय गरी लकडाउनको स्वरुप परिवर्तन गरेको छ ।
भारतले सरकारले तोकेको ग्रीन जोनमा सवै प्रकारका आर्थिक गतिविधिका लागि छुट दिएको छ भने सो क्षेत्रमा यातायात समेत चल्न सक्ने छन् । तर बसमा सिटको ५० प्रतिशतसम्म मात्र यात्रु चढाउन पाउने छन् । त्यस्तै ग्रीन क्षेत्र तोकेका ठाउँमा रहेका कार्यालयले ५० प्रतिशत कर्मचारीलाई काममा लगाउन सक्ने मापदण्ड समेत बनाएको छ । भने विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अत्यावश्यक काम बाहेक अरुका लागि अनावश्यक घुमफिर गर्न भने रोक लगाएको छ ।
नेपाल सरकारले पनि करीव ढेड महिना लामो लकडाउन गरेको मिति बैशाख २५ गते सकिँदै छ । कोरोना भाईरस संक्रमण न्यूनिकरण गर्नका लािग सरकारले गरेका लकडाउनका कारण काठमार्डौ अस्तव्यस्त रहेको छ । ७७ जिल्लाका व्यक्ति बसोबास गरिरहेका कारण र काठमार्डौ जोखिम क्षेत्र नभएको अवस्था यदि हो भने चिकित्सकहरुको राय सल्लाह अनुरुप सातै प्रदेशमा संक्रमणको अवस्था हेरी क्षेत तोकेर आवत जावत गर्नका नयाँ मापदण्ड बनाई काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउने तर्फ नेपाल सरकारले पनि सोच्नु आवश्यक छ ।

प्रतिक्रिया