भारतसँगका सिमा नाकामा थप कडाई गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपालखोज २०७७ वैशाख २१ गते १५:०३

काठमाडौँ । आजको मन्त्रिपरिषद बैठकमा भारतमा लकडाउनमा फसेका नेपालीहरुका सम्बन्धमा छलफल भएको छ । बैठकमा यसबारे छलफल भएतापनि ठोस निर्णय भने भैसकेको छैन । कोरोना ( कोभिड १९ ) को माहामारीले विश्वभर समस्या उत्पन्न भएका बेला भारत पनि लकडाउन कायम छ । सोही लकडाउनमा नेपालीहरु फसेका छन् । भारतमा महामारी फैलिएका बेला नेपालमा पनि कोरोना जोखिम कम गर्न सिमा नाका बन्द गरिएकाले नेपालीहरु सोदेश फिर्ता हुन नसकी समस्यामा छन् । यसरी भारतमा अलपत्र परेका नेपालीको उद्धारका विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले यहिले संवेदनशिल अवस्थामा देश रहेकाले स्वदेश फिर्ता ल्याउँदा कोरोना जोखिम थप उच्च हुने बताएको स्रोतले जानकारी दिएको छ । अहिले कै अवस्थामा लोकप्रिय कुरा भन्दा पनि सावधानी आवश्यक रहेको प्रधानमन्त्रीको जवाफ रहेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।
सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले बताएका ।

यस्तै भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको स्रोतले बतायो ।

प्रतिक्रिया