वैशाख २६ गते संसद अधिवेशन आह्वान

नेपालखोज २०७७ वैशाख २१ गते १५:३३

काठमाडौँ । संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरिएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

प्रतिक्रिया