अत्यावश्यक औषधी ल्याउन २ वटा वाइडबडी जहाज बुकिङ
नेपालखोज
२०७७ वैशाख २२ गते १४:०९
काठमाण्डौं । नेपाली सेनाले चीनबाट अत्यावश्यक औषधी ल्याउनका लागि नेपाल एअरलाइन्सका २ वटा वाइडबडी जहाज बुकिङ गरेको छ ।
जीटुजी सम्झौतामार्फत चीनबाट आउने औषधीको लागि नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी जहाज अन्य स्थलमार्ग हुँदै ल्याउनको लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीसँग ढुवानी सम्झौता गरिसकेको छ ।
सुरुमा अप्रिल ५ तारिख अर्थात मंगलबार भोली नेपाल एअरलाइन्सका जहाज चीन जाने तय भएपनि अप्रिल ६ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले औषधी जम्मा हुन नसक्ने भएपछि ६ तारिखमा उडान नहुने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
यस्तै, नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया