सोमबार, असार ९, २०८२

अस्पतालबाट डिस्चार्ज भएका एक जना पुनः अस्पताल भर्ना

नेपालखोज २०७७ वैशाख २२ गते १५:०७

पर्सा । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका अर्का एक कोरोना संक्रमित पुनः अस्पताल भर्ना भएका छन् । चैत ३० गते वीरगन्जमा पहिलो पटक संक्रमण पुष्टि भएका भारतीय जमातीमध्ये उनी एक रहेका नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालबाट हालसम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । तीमध्ये दुई जना पुनः अस्पतालनै फर्काइ भर्नानै गरिएका हुन् । वीरगन्जको नारायणी अस्पतालमा उपचारपछि रौतहटको इसनाथ नगरपालिकाका १९ बर्षीय युवक र ३ भारतीय जमाती एकै पटक डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार शनिबार राति रौतहटका एक युवकमा समस्या देखिएपछि वीरगन्ज ल्याइएका थिए । हाल ती दुवैलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

कोरोना देखिएर पुनः ल्याएको होइन शारीरिक समस्याका कारण ल्याएको भन्दै अस्पतालका मेसु डा.उपाध्यायले उनीहरुको थ्रोट स्वाब संकलन गरी फेरि परीक्षणका लागि पठाइने जानकारी दिए ।

प्रतिक्रिया