प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटघाट

नेपालखोज २०७७ वैशाख २२ गते १६:०१

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि गत शनिबार बसेको सचिवालय नेकपाको सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकपछि ओली र प्रचण्डबीच सोमबार आज पहिलोपटक भेटवार्ता भएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक किचलोका कारण नेताहरुले भेटघाट बढाइरहेका छन् । त्यस्तै आईतबार मात्रै अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो ।

शनिवार बसेको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बस्ने तथा २४ गते अर्को सचिवालय बस्ने निर्णय नेकपाले गरेको छ ।

प्रतिक्रिया