आइतबार, वैशाख १४, २०८२

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिइने

नेपालखोज २०७७ वैशाख २२ गते १८:०५

काठमाडौं । स्वास्थ्यमकर्मीलाई सरकराले प्रोत्साहन स्वरुप जोखिम भत्ता उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ को संक्रमणको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यमकर्मीलाई सरकराले प्रोत्साहन स्वरुप जोखिम भत्ता उपलब्ध गराउन लागेको हो ।

सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता तथा व्यवस्थापन आदेश, २०७७ जारी गरेको छ ।

चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायक, इलेक्ट्रिसिएन तथा प्लम्बर, सुरक्षाकर्मी, सरसफाइमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारी र सहयोगी कर्मचारीका साथै सम्बन्धित कार्यालय प्रमुखले कोरोनाको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका कर्मचारीले यो भत्ता पाउनेछन् ।

प्रतिक्रिया