सिरहा राहत वितरण विवाद : ९ राउण्ड हवाई फायर, डीएसपीसहित ८ जना घाइते
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।
स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।
झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
झडपमा डीएसपी सन्तु जयसवालसहित ८ जना समान्य घाइते भएका छन् । घाइतेमध्ये प्रहरी ५ जना र स्थानीय ३ जना रहेका छन् । सवैको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।
स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि विवाद हुँदै आएको थियो । जनप्रतिनीधि र दलहका प्रतिनिधीधिबीच मत नमिलेपछि आइतवार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिधिबीच मझदारी भएको बताइएको छ ।

प्रतिक्रिया