सोमबार, असार ९, २०८२

मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ पुग्यो

नेपालखोज २०७७ वैशाख २२ गते १८:३९

काठमाण्डौं । मलेसियामा थप ६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ जना पुगेको छ ।

भने सङ्क्रमितमध्ये तीन जनो निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिए । सङ्क्रमित सबैजना पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको राजदूत पाण्डेले बताए ।

तीन जना निको भएर फर्किएको भए पनि बाँकी ६ जनाको उपचार भइरहेको छ । मलेसियामा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै भएकाले क्षेत्रगत हिसाबमा सोमबारदेखि मलेसियाले लकडाउन पनि केही खुकुलो बनाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि १२ मेसम्म लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया