लकडाउनको स्वरुप परिवर्तन गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

नेपालखोज २०७७ वैशाख २३ गते १४:०५

काठमाडौं । कडाउनको मोडालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । बैठक मंगलबार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ । सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरिरहेका बेला नेपालगन्जमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि के गर्ने भन्नेबारे छलफल हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

आजको बैठकमा लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने विषयमा छलफल हुने छ ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई रेड, एल्लो र ग्रिन गरी तीन क्षेत्रमा वर्गाीकरण गर्नेगरी लकडाउनको प्रस्ताव तयार गरेको छ । आजको बैठकमा सो प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया